• २३ भदौ २०८३, मंगलबार
  • २ः५३ राती

राष्ट्रपतिद्वारा नवदुर्गाको पुजा तथा प्रसाद ग्रह

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार १२:०४

भक्तपुर, बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नाईके कृष्णकुमार वनमालाले नवदुर्गाको पूजा एवं दर्शन गराएर नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।
विगतका वर्षहरुमा दर्शन गरेर प्रसाद ग्रहण गरी फर्कने गरे पनि यसवर्ष भने राष्ट्रपति भण्डारीले नवदुर्गा नाच समेत अवलोकन गर्नु भएको छ ।

National Life

राष्ट्रपति समक्ष नवदुर्गा नाच अन्तर्गत देवगणहरु श्याम वनमालाले गणेश, अनिल वनमालालले ब्रम्हायणी, मंगलाल वनमालाले महेश्वरी, लक्ष्मीप्रसाद वनमालाले कुमारी र शिवकृष्ण वनमालाले भद्रकालीको नाच प्रर्दशन गर्नुभएको थियो ।
राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाईके र देवगणहरुलाई जनही रु. १००५ का दरले दक्षिणा दिनुभएको थियो ।
कार्यक्रममा श्री देवगण तथा मन्दिर व्यबस्थापन संस्थालाई जात्रा संचालनार्थ अक्षयकोष स्थापनाका लागि जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले रु. १५ लाख र उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले रु. ५ लाख गरि कूल रु. २० लाखको चेक हस्तान्तरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअवसरमा तलेजुका मूल नाईके नरेन्द्रप्रसाद जोशीले राष्ट्रपति भण्डारीलाई तलेजुको मूल प्रसाद प्रदान गर्दै आर्थिक अभाव र पारिश्रमिक नहुँदा तलेजुको परम्परागत पर्वहरु बन्द गर्नुपर्ने अबस्थामा पुगेकाले सरकारका मार्फत सहयोग गरिदिन आग्रह गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरमा प्रतिनिधीसभाका सांसद महेश बस्नेत, प्रदेश सांसदहरु शशीजंग थापा, सरस्वती वाटी, रजनी जोन्छे, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, उपप्रमुख विना बास्तोला, मध्यपुरथिमि नगरपाकिाका प्रमुख मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।
हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन राष्ट्रपति नवदुर्गा मन्दिर सरिक भई नवदुर्गाको पुजा गरी प्रसाद ग्रहण गरेसँगै दशैं समापन हुने गर्दछ ।

प्रतिकृया