• १ साउन २०८३, शुक्रबार
  • ४:१६ बिहान

साउन १ देखि अनलाइनबाटै ड्राइभिङ लाइसेन्स आवेदन र नवीकरण, राष्ट्रिय परिचयपत्रबाट अटोफिल सुविधा

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०७:३५

३२ असार २०८३ काठमाडौं – सवारी चालक अनुमति पत्र (इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीका लागि यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनलाइन सेवा सञ्चालनमा ल्याउने भएको छ।

विभागका अनुसार २०८३ साउन १ देखि लागू हुने व्यवस्थाअनुसार लाइसेन्सका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर (QR) स्क्यानरमार्फत विवरण अटोफिल हुने सुविधा उपलब्ध हुनेछ। राष्ट्रिय परिचयपत्र वा नागरिक एप प्रयोग नगर्ने सेवाग्राहीले भने साविककै प्रक्रियाअनुसार फारम भर्न सक्नेछन्।

Kamana Sewa

सेवाग्राहीलाई थप सहज बनाउन लाइसेन्ससम्बन्धी राजस्व पनि अनलाइनमार्फत नै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

Classic Tech Desktop

सेवा प्रवाहका क्रममा कुनै समस्या, गुनासो वा सुझाव भए विभागको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिनेछ। साथै, सातै प्रदेशका यातायात कार्यालयहरूले तोकिएका इमेल ठेगाना र मोबाइल नम्बरमार्फत सेवाग्राहीका जिज्ञासा तथा गुनासोको सम्बोधन गर्ने व्यवस्था गरिएको विभागले जनाएको छ।

प्रतिकृया