• ३१ भदौ २०८३, बुधबार
  • १२ः४६ दिउँसो

उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०९:२८

३१ असार २०८३ काठमाडौं – उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन्। नेपाल प्रहरीले उखु किसानको बक्यौता रकम लामो समयसम्म भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा दर्ता भएको मुद्दामा फरार रहेका अन्नपूर्ण सुगर मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरेको जनाएको छ।

National Life

प्रहरीका अनुसार शैलेन्द्र गुप्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी हुन् भने विनोद साह कलवार सर्लाहीको हरिपुर नगरपालिका–१ स्थायी घर भई हाल पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका छन्।

उनीहरूले उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा फरार रहेका दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया