• ३१ असार २०८३, बुधबार
  • ३:४६ बिहान

मिटरब्याज पीडितसँग निजगढमा गृहमन्त्री सुधन गुरुङको संवाद

प्रकाशित मिति

२०८३ असार ३० गते, मंगलवार १०:५८

३० असार २०८३ काठमाडौं – जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ हिँडेका मिटरब्याज पीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्। गृहमन्त्री बिहानै भेट्न आउने जानकारी पाएपछि मिटरब्याज पीडितहरू निजगढमै रोकिएका थिए। त्यसपछि गृहमन्त्री गुरुङले उनीहरूसँग प्रत्यक्ष संवाद गर्दै माग र समस्याबारे छलफल गरेका हुन्।

उद्योग वाणिज्य संघ निजगढको सभाहलमा भएको छलफलमा मिटरब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या र मागहरू गृहमन्त्रीसमक्ष राखेका छन्।

Kamana Sewa

मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार पीडितहरूको माग सम्बोधन गर्ने विषयमा गृहमन्त्रीसँग सकारात्मक संवाद भइरहेको छ। मिटरब्याज पीडितहरू आफ्नो माग पूरा गराउन जनकपुरधामबाट पैदल यात्रा गर्दै काठमाडौंतर्फ अघि बढिरहेका छन्।

Classic Tech Desktop

प्रतिकृया