• १८ असोज २०८३, आइतबार
  • ६ः२० बिहान

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०१:२५

१८ असार २०८३ काठमाडौं – चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार सडकखण्डको जलबिरे क्षेत्रमा पहिरो खसेपछि दुवैतर्फ सवारी साधनको आवागमन बन्द भएको हो। सडक अवरुद्ध हुँदा यात्रु र सवारी साधन बाटोमै रोकिएका छन्।

National Life

पहिरो पन्छाउने काम भने अझै सुरु हुन सकेको छैन। घटनास्थलमा डोजर तथा एक्स्काभेटर नपुगेकाले सडक खुलाउन ढिलाइ भइरहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्। सम्बन्धित निकायले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया