• १२ असार २०८३, शुक्रबार
  • ६:३२ बेलुका

नेप्से २ अंकले घट्यो, कारोबार ३ अर्ब ९४ करोड रुपैयाँमाथि

प्रकाशित मिति

२०८३ असार १२ गते, शुक्रबार ०४:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक शुक्रबार २ अंकले घटेर २ हजार ६४९.५१ बिन्दुमा कायम भएको छ।आज ३५९ कम्पनीका ७७ लाख २४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबारमा १३ मध्ये ८ उपसूचक ओरालो लागेका छन् भने ५ उपसूचकमा सुधार देखिएको छ।

Kamana Sewa

यस दिन ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ। २० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

Classic Tech Desktop

प्रतिकृया