• १५ असोज २०८३, बिहीबार
  • ९ः२६ बिहान

रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०२:३७

८ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

National Life

झाले आफूले सोचविचार र सुझबुझपूर्ण ढंगले उम्मेदवारी दिएको बताउँदै पार्टीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आफ्नो भूमिका आवश्यक रहेको दाबी गरे।

उनले महाधिवेशन व्यवस्थापन तथा संगठन सञ्चालनका क्रममा देखिएका केही कमजोरीहरू सुधार गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सही व्यक्ति सही जिम्मेवारीमा पुग्नुपर्ने धारणा राखे।

Classic Tech Mobile
Classic Tech Desktop

“पार्टीभित्र देखिएका कमजोरीहरू सुधार गर्न र संगठनलाई थप मजबुत बनाउन मैले महामन्त्री पदमा उम्मेदवारी दिएको हुँ,” उनले भने।

रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको छ।

प्रतिकृया