• ८ असार २०८३, सोमबार
  • ४:४० बेलुका

रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०२:०९

८ असार २०८३  चितवन- भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा सुरक्षाकर्मीका लागि दियालो फुडल्याण्डले तीन दिनसम्म खाना तथा खाजाको व्यवस्थापन गरेको छ। दियालो फुडल्याण्डको भरतपुर शाखासहित काठमाडौं र बुटवललगायत विभिन्न शाखाबाट खटिएका कर्मचारीहरूले महाधिवेशन अवधिभर भोजन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्।

दियालो फुडल्याण्ड काठमाडौं शाखाका अपरेसन म्यानेजर प्रेम खत्रीका अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि कम्पनीका पाँच शाखाबाट जनशक्ति परिचालन गरिएको छ।

Kamana Sewa

उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म नास्ता, दिउँसो १ बजेदेखि ३ बजेसम्म खाना, त्यसपछि चिया–कुकीज तथा बेलुका डिनरको व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित करिब पाँच हजार जनाका लागि खाना तथा खाजाको व्यवस्था मिलाइएको उनले बताए।

Classic Tech Desktop

खत्रीका अनुसार बिहानको भोजनमा मटनसमेत समावेश गरिएको छ भने बेलुकाको खाना शाकाहारी (भेज) रहनेछ। महाधिवेशन अवधिभर दैनिक आठदेखि नौ क्विन्टलसम्म मटन खपत हुने अनुमान गरिएको उनले जानकारी दिए।

असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ९ गते सम्पन्न हुने कार्यतालिका छ। महाधिवेशनमा देशभरका जिल्ला, विभिन्न तहका समिति तथा प्रवासबाट चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ।

पार्टीले महाधिवेशनमा सहभागीहरूका लागि भोजनको व्यवस्था गरे पनि आवासको व्यवस्थापन भने प्रतिनिधिहरूले आफैं गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ।

प्रतिकृया