• ३ असार २०८३, बुधबार
  • ८:१३ बेलुका

नेकपाभित्र झलनाथ खनालको असन्तुष्टि पत्र सार्वजनिक, ३६ बुँदे आरोपसहित नेतृत्वमाथि प्रश्न(पूर्णपाठ)

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०५:२३

३ असार २०८३ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन्।

खनालले ३६ बुँदे असन्तुष्टि पत्रमार्फत वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न असफल भएको आरोप लगाएका छन्। उनका अनुसार नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म सही दिशामा लैजान नसक्ने अवस्था बनेको छ।

Kamana Sewa

उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’ भन्दै आलोचना गरेका छन्। उक्त विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, संविधानवाद र संसदीय लोकतन्त्रका विभिन्न तत्वहरू मिसिएको भन्दै उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेजको संज्ञा दिएका छन्।

Classic Tech Desktop

खनालले पार्टी एकता घोषणा भएको लामो समय बितिसक्दा पनि संगठनात्मक एकीकरण पूरा नभएको, निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएको र बदलिँदो राजनीतिक परिस्थितिको गहिरो विश्लेषण हुन नसकेको आरोप लगाएका छन्।

उनका अनुसार पार्टीभित्र दिशाहीनता, निराशा र निष्क्रियता बढ्दै गएको छ, जसका कारण कार्यकर्ता तथा जनताको भरोसा घट्दै गएको छ। उनले वर्तमान नेतृत्वले पार्टीलाई निर्माणभन्दा विघटनतर्फ लैजाने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्।

खनालले विशेष संयोजन समिति बैठक बोलाएर नयाँ, सक्षम र विचारवान नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएका छन्। साथै, केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा पनि उनले राखेका छन्।

उनले नेतृत्व परिवर्तनलाई समयमै गरिएको सकारात्मक निर्णयको रूपमा लिँदा पार्टी र कम्युनिष्ट आन्दोलन दुवैलाई नयाँ ऊर्जा मिल्ने बताएका छन्।

प्रतिकृया