• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

नेप्से ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बमाथि

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार ०३:१०

२ असार २०८३ काठमाडौं –  साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा कायम भएको छ। आज नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारका क्रममा अधिकांश उपसूचकहरू ओरालो लागेका छन्। १३ वटा उपसूचकमध्ये ११ वटा समूह राताम्मे बनेका छन् भने २ वटा उपसूचकमा मात्रै सामान्य सुधार देखिएको छ।

आजको कारोबारमा ८० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकमा गिरावट आएको देखिएको छ। यद्यपि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि कायम रहनुले बजारमा लगानीकर्ताको सक्रियता भने कायम रहेको संकेत गरेको छ।

प्रतिकृया