• २३ भदौ २०८३, मंगलबार
  • ६ः३४ बेलुका

सुदूरपश्चिम सरकारमा कांग्रेसबाट नयाँ मन्त्री नियुक्त, आजै शपथको तयारी

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार ०५:३८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेपाली कांग्रेसले टुंगो लगाएको छ। मन्त्री हेरफेरअन्तर्गत पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।

National Life

कांग्रेसबाट मन्त्री बन्नेमा कञ्चनपुरका बेलबहादुर राना मगर, अछामका मानवहादुर रावल र बाजुराकी जुना दानी रहेका छन्। उनीहरू तीनै जना दिवानसिंह बिष्ट पक्षका नेताहरू हुन्।

त्यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षबाट पनि दुई जना मन्त्री नियुक्त हुने भएका छन्। जसअनुसार दार्चुलाका विक्रमसिंह धामी र कञ्चनपुरकी मधु भारती मन्त्री बन्ने भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसभित्र आन्तरिक सन्तुलन मिलाउन दुवै खेमाबाट सरकारमा प्रतिनिधित्व गराउने निर्णय गरिएको बताइएको छ। यसअघि बिष्ट पक्षले संसदीय दलमा मुख्यमन्त्री तथा दलका नेता शाहविरुद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको थियो।

नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ ६ बजे हुने बताइएको छ। यद्यपि एमालेबाट मन्त्री हुनेहरूको शपथ भने आजै हुने कि नहुने भन्ने विषय अझै टुंगो लागिसकेको छैन। एमालेभित्र बजेटपछि मात्रै मन्त्री पठाउने पक्षमा मत देखिएको बताइएको छ।

प्रतिकृया