• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०९:२२

२१ जेठ २०८३ काठमाडौं – सानिगाड हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरका लागि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Kamana Sewa

कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसअघि २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय, ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, १ लाख ७१ हजार कित्ता कर्मचारी र २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँडफाँट गरिसकेको छ।

Classic Tech Desktop

इक्रा नेपालले कम्पनीलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ।

आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्।

प्रतिकृया