• ५ असोज २०८३, सोमबार
  • ११ः२० बिहान

आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्ने

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०९:०६

१३ जेठ २०८३ काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ।

National Life

त्यस्तै राष्ट्रिय सभा बाट प्राप्त सन्देशसहित ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक–२०८१’ प्रतिनिधिसभामा टेबुल गरिनेछ।

यसैगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया