• १५ असोज २०८३, बिहीबार
  • ८ः०५ राती

साल्ट ट्रेडिङ्गको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार १०:३६

१२ जेठ २०८३ काठमाडौं – साल्ट ट्रेडिङ्ग कर्पोरेशन को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

National Life

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले लाभांश पाउनुका साथै आगामी साधारण सभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले जेठ २९ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लब मा ५९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्ताव स्वीकृत भएपछि उक्त लाभांश सेयरधनीले प्राप्त गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया