• १९ असार २०८३, शुक्रबार
  • ७:०० बिहान

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०९:२१

११ जेठ २०८३ काठमाडौं – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रममा विकास निर्माण, सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाएको छ ।

Kamana Sewa

सरकारले आर्थिक गतिविधि चलायमान बनाउने, लगानी आकर्षित गर्ने तथा जनमुखी कार्यक्रममार्फत प्रदेशको समग्र विकासलाई गति दिने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याउन लागेको बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया