• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

अर्थमन्त्री अनुपस्थित हुँदा संसदमा विरोध, रास्वपाकै सांसद आक्रोसित

प्रकाशित मिति

२०८३ जेष्ठ ५ गते, मंगलवार ०३:२८

५ जेठ २०८३ काठमाडौं- बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले संसदमा अनुपस्थित भएपछि प्रतिनिधि सभामा विरोध भएको छ । सरकारको ‘क्रमभंग’ शैलीप्रति सत्तारुढ दलकै सांसदले असन्तुष्टि जनाएका हुन् ।

छलफलका क्रममा सांसद अमरेश सिंह ले परम्परा तोड्ने नाममा संसदीय अभ्यास नै कमजोर बनाउने काम भइरहेको भन्दै आपत्ति जनाए । उनले बजेटको विनियोजन तथा प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यसलाई तोड्नु उचित नभएको बताए ।

Kamana Sewa

उनले भने, “परम्परा तोड्ने नाममा सबै परम्परा भत्काइँदैछ । बजेटको प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री सधैं उपस्थित रहने सिस्टम हो । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । यदि नयाँपनको नाममा सबै कुरा भत्काउने हो भने सिंहदरबार, प्रधानमन्त्री र मन्त्री पद पनि भत्काइदिए हुन्छ ।”

Classic Tech Desktop

सिंहले आफ्नो २० वर्षे संसदीय अनुभवमा अर्थमन्त्रीबिनाको यस्तो छलफल पहिलोपटक देखेको समेत बताए । उनको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले ताली बजाएर समर्थन जनाएका थिए ।

त्यसअघि विपक्षी सांसद राजेन्द्रकुमार राई ले पनि अर्थमन्त्री उपस्थित नभएसम्म बजेटमाथिको छलफलमा भाग नलिने बताएका थिए । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । पछि अर्थमन्त्री वाग्ले संसदमा उपस्थित भएपछि बैठक पुनः सञ्चालन भएको हो ।

प्रतिकृया