• २ भदौ २०८३, बुधबार
  • ४:५२ बिहान

नोभा’ आइसक्रिम खान अयोग्य घोषित, बजारबाट फिर्ता गर्न निर्देशन

प्रकाशित मिति

२०८३ जेष्ठ ४ गते, सोमबार ०४:३३

४ जेठ २०८३ काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादन हुने ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागका अनुसार प्रयोगशाला परीक्षणका क्रममा आइसक्रिममा टोटल ब्याक्टेरिया, कोलिफर्म तथा इन्टेरोब्याक्टेरिएसी जस्ता हानिकारक जीवाणु मापदण्डभन्दा बढी भेटिएका हुन् ।

ब्याच नम्बर ‘सीओ२’ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बिक्री वितरणमा रोक लगाइएको छ । विभागले उपभोक्तालाई पनि उक्त ब्याचको आइसक्रिम प्रयोग नगर्न आग्रह गरेको छ ।

Kamana Sewa

प्रतिकृया