१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
प्रकाशित मिति
२०८३ जेष्ठ ४ गते, सोमबार ०४:२४
४ जेठ २०८३ काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
विभागका तथ्याङ्कअनुसार कृषिमूलक उद्योगमा सबैभन्दा धेरै २२ अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । पर्यटन क्षेत्रमा १२ अर्ब ५४ करोड रुपैयाँ तथा सेवामूलक क्षेत्रमा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ ।

त्यसैगरी उत्पादनमूलक उद्योगमा २ अर्ब ७० करोड, पूर्वाधार क्षेत्रमा १ अर्ब ६५ करोड तथा सूचना प्रविधि क्षेत्रमा १ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । वैशाख महिनामा मात्रै ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।





प्रतिकृया