• १५ असोज २०८३, बिहीबार
  • ११ः२३ राती

नेप्से १७ अंकले घट्यो, अधिकांश सूचक राताम्य

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०३:१२

१० बैशाख २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १७.०१ अंकले घट्दै २७८७.१५ बिन्दुमा झरेको छ। आज ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

कारोबारका क्रममा अधिकांश उपसूचकहरू घटेका छन्। कुल १० वटा उपसूचक राताम्य देखिएका छन्। यसदिन होटल तथा पर्यटन समूहको शेयर १.४२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह १.१९ प्रतिशतले ओरालो लागेको छ। यस्तै, फाइनान्स समूह १.०६ प्रतिशत र हाइड्रोपावर समूह १.०५ प्रतिशतले घटेका छन्।

बजारमा व्यापक बिक्री दबाब देखिँदा समग्र परिसूचकमा गिरावट आएको विश्लेषकहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया