• १८ असोज २०८३, आइतबार
  • १ः०२ राती

काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र २१ गते, शनिबार १०:०७

२१ चैत,२०८२ काठमाडौं – काठमाडौंमा प्रहरीले रातभर सर्च अपरेशन सञ्चालन गर्दै १९५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार गुण्डागर्दी, ठगी, बिचौलिया तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि लक्षित गरेर अपरेशन चलाइएको हो।

National Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रमा गरिएको अपरेशनबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। एसएसपी थापाका अनुसार विशेषगरी पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी मान्छे तान्ने, बिचौलियागिरी गर्ने र पहिलेदेखि आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया