• १८ असोज २०८३, आइतबार
  • ११ः०२ बिहान

निर्वाचन आयोग: प्रतिनिधिसभा निर्वाचनको काम चैत पहिलो साताभित्र सम्पन्न

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०२:०६

२५ फाल्गुन,२०८२ काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित सबै प्रक्रिया चैतको पहिलो साताभित्र पूरा हुने जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने कि समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारलाई प्रमाणपत्र दिने लगायतका सबै काम सो अवधिसम्म सम्पन्न हुनेछन्।

National Life

उनका अनुसार, भोलि (मंगलबार)सम्म समानुपातिकतर्फको मतगणना समाप्त हुने अनुमान गरिएको छ। गणना अनुसार खसेको सदर मतको प्रतिशतबाट सम्बन्धित दलले प्राप्त गरेको मत प्रतिशत निर्धारण गरी समानुपातिक बन्द सूचीबाट उम्मेदवारको नामावली तयार गरिनेछ।

त्यसपछि दलहरूबाट प्राप्त नामहरू क्लस्टरअनुसार रुजु गरी निर्वाचित सदस्यको छनोट गरिने र प्रमाणपत्र वितरण गरिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया