• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

काठमाडौँ–१ बाट रास्वपाले पहिलो सिट जित्यो, रञ्जु दर्शना भारी मतान्तरले विजयी

प्रकाशित मिति

२०८२ फाल्गुन २२ गते, शुक्रबार १०:३०

२२ फाल्गुन,२०८२ काठमाडौं– काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) ले १४,४९१ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी प्रबल थापा (नेपाली कांग्रेस) ले ६,००७ मत प्राप्त गरेका छन्।

National Life

अन्य प्रतिस्पर्धीहरूका रविन्द्र मिश्र (राप्रपा) ३,७२५ मत, मोहन रेग्मी (नेकपा एमाले) १,४६१ मत निर्वाचन अधिकृत चुरामणी खड्काले मतगणना अन्तिम चरणमा पुगेको र अबको एक घण्टाभित्र सबै परिणाम सार्वजनिक हुने जानकारी दिएका छन्। औपचारिक घोषणा भने केहीबेरमा हुने अपेक्षा गरिएको छ।

प्रतिकृया