• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

झापाको मतगणना आज रातिदेखि सुरु, ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०८:३९

२१ फाल्गुन,२०८२ काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि झापामा मतगणना आजै सुरु हुने भएको छ। मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने काम धमाधम भइरहेको छ।

National Life

निर्वाचन अधिकृत तुलसी नेपालका अनुसार मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठकको निर्णयअनुसार राति १२ बजेदेखि मतगणना सुरु गरिनेछ। झापामा करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो। पाँचवटा निर्वाचन क्षेत्रका लागि कुल ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया