• २० असोज २०८३, मंगलबार
  • ६ः१८ बिहान

किन बोलाइन् प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार १२:४३

२० फाल्गुन,२०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्। बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।

National Life

प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको हो।

बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ दिइनेछ र आवश्यक रणनीतिहरू तय गरिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्कीको पहलले निर्वाचन शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न समन्वय सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया