• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

प्रकाशित मिति

२०८२ फाल्गुन १७ गते, आईतवार ०५:१३

१७ फाल्गुन,२०८२ काठमाडौं – मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीच बढ्दो युद्धजन्य तनावका कारण सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन अस्थायी रूपमा स्थगित गरेको छ।

National Life

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो अस्थिरता र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकेको जानकारी दिए।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको वैदेशिक रोजगार विभागमार्फत हुने सम्पूर्ण प्रक्रिया हालका लागि स्थगित गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हालै इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले संयुक्त अरब इमिरेट्स, कतार, ओमान र कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण सुरु गरेको जनाइएको छ। यससँगै ती देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति चासो बढेको छ।

सरकारले सम्बन्धित देशतर्फ प्रस्थान गर्न विमानस्थलमा पुगेका नेपालीलाई घर फर्किन अनुरोध गरेको छ। बढ्दो तनाव र सुरक्षा सतर्कता कडाइका कारण यात्रुहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिकृया