• १९ असोज २०८३, सोमबार
  • ७ः३७ बेलुका

बालेन्द्र शाह अस्वस्थ फर्किए काठमाडौं , दाङको आमसभा प्रभावित

प्रकाशित मिति

२०८२ फाल्गुन ८ गते, शुक्रबार ११:२१

८ फाल्गुन, २०८२ काठमाडौं – बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत काठमाडौं आएको राष्ट्रिय स्वतन्त्र पार्टी का एक नेताले जानकारी दिएका छन्।

National Life

आज दाङको घोराहीमा पार्टी सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय गरिएको थियो। तर बालेनको स्वास्थ्यमा समस्या देखिएपछि उनी सो कार्यक्रममा उपस्थित हुन नसकेका छन्।

पार्टीका स्रोतका अनुसार बालेनले स्वास्थ्य परीक्षण गराएर चिकित्सकको सल्लाह अनुसार विश्राम गर्नुपर्ने भएको छ। उनका समर्थक तथा कार्यक्रममा आउने कार्यकर्ता यस समाचारपछि अलिकति निराश भएको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया