राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपामा प्रवेश
प्रकाशित मिति
२०८२ माघ २८ गते, बुधबार ०२:२७
२८ माघ,२०८२ जनकपुरधाम — राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्दै बुधबार पार्टी प्रवेश गरेका हुन्।
झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै मधेसी प्रधानमन्त्री बन्ने अवसर सिर्जना भएको भन्दै सहयोग गर्न रास्वपामा आबद्ध भएको बताए। देश परिवर्तनको दिशामा अघि बढिसकेको र आफू त्यसको बाधक बन्न नचाहेको उनको भनाइ छ।
धनुषा–३ बाट २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो निर्वाचित भएका थिए। आगामी निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेकी जुली कुमारी महतो, रास्वपाका मनिष झा, जसपा नेपालका परमेश्वर साहसहित ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।








प्रतिकृया