• १४ असोज २०८३, बुधबार
  • १२ः५२ राती

रिज लाइन इनर्जीको आईपीओ खुला

प्रकाशित मिति

२०८२ माघ २८ गते, बुधबार ०९:२९

२८ माघ,२०८२ काठमाडौं – रिज लाइन इनर्जी कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गरिसकेको छ।

National Life

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ करोड ७ लाख रुपैयाँ मूल्य बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको हो। जसमध्ये ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ४२ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।

यस्तै २८ हजार ४४० कित्ता सेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन फागुन ४ गतेसम्म दिन पाइनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा म्याद फागुन १३ गतेसम्म लम्बिनेछ।

आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिकृया