भक्तपुर–२ मा नेपाली कांग्रेस उम्मेदवारद्वारा प्रतिबद्धतापत्र सार्वजनिक
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार ०४:५४
सुवास कुँवर २२ माघ,२०८२ भक्तपुर- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। प्रेस युनियन भक्तपुरले आयोजना गरको पत्रकार सम्मेलनमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन।
प्रतिबद्धतापत्रमा सुशासन, आर्थिक विकास, रोजगारी सिर्जना, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखिएको उल्लेख छ। उम्मेदवारले स्थानीय पूर्वाधार विकास, उद्योग–पर्यटन विस्तार र युवालाई लक्षित कार्यक्रम अघि बढाउने योजना प्रस्तुत गरेका छन्। साथै जनतासँग प्रत्यक्ष जवाफदेहिताका आधारमा काम गर्ने प्रतिबद्धता जनाइएको छ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले सामाजिक सञ्जालको प्रयोग गरेर भक्तपुर २ मा कांग्रेसका उम्मेदवार कविर राणाले चुनाव जित्ने दाबी गरेका छन्। यसअघि सोही क्षेत्रबाट जितेका थापाले पत्रकार सम्मेलनमा बोल्दै सामाजिक सञ्जालबाट चुनाव जितेर सामाजिक सेवामार्फत जनतामा फर्किने बताए।

उनले ‘अब भूगोलले मात्रै नहुने रहेछ, गुगलले चल्ने रहेछ, त्यसै भएर कांग्रेसले सामाजिक सञ्जालको प्रयोग गरेर चुनाव जित्छ। चुनाव जितेर हामी जनताको सेवामा लाग्छ। कांग्रेसले चुनाव जित्नु नपर्ने कारण छैन।’ आफूहरू निरन्तर भक्तपुरको सेवामा लागिरहेको र ‘हामी कसैसँग प्रतिस्पर्धा गर्न आएकै होइनौँ, जित्न आएका हौँ, जनताको सेवाको लागि निरन्तर लाग्छौँ।’
उम्मेदवार कविर राणाले आफूविरुद्ध प्रतिस्पर्धा गर्ने राजनीतिक प्रतिद्वन्द्वीहरू अनुभवहीन र परिपक्व नभएको बताएका छन्। राणाले आफूले राजनीतिमा जति समय र चुनौती भोगेको छ, त्यसमा प्रतिस्पर्धीहरूको अनुभव त्यति नभएको उल्लेख गरे।
उनले ‘शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही छैन। त्यसैले हाम्रो जित्ने आधार स्पष्ट छ। विगतमा पनि निरन्तर सफलता हासिल गर्दै आएका छौँ, अहिले पार्टी एक ढिक्का छ, जित सुनिश्चित छ।
भक्तपुर–२ मा अहिले एमालेबाट महेश बस्नेत, नेकपाबाट रामप्रसाद सापकोटा दीपशिखा, र रास्वपाबाट राजीव खत्री लगायत उम्मेदवार रहेका छन्।






प्रतिकृया