• ४ साउन २०८३, सोमबार
  • १:०४ बिहान

कुन निर्वाचन क्षेत्रमा कति मतदाता छन् ? (सूचीसहित)

प्रकाशित मिति

२०८२ माघ २० गते, मंगलवार ०२:३३

२० माघ,२०८२ काठमाडौं – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएको छ। निर्वाचन आयोगका अनुसार यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेका मतदाताको हो।

आयोगले मंगलबार (माघ २०) निर्वाचन क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। रामेछाप एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो।

Kamana Sewa

त्यसैगरी अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता रहेका छन्। अर्घाखाँची पनि एक निर्वाचन क्षेत्र मात्र भएको जिल्ला हो।सबैभन्दा कम मतदाता मनाङमा रहेका छन्। आयोगका अनुसार मनाङमा सात हजार मतदाता मात्र छन्। मनाङ पनि एक निर्वाचन क्षेत्र भएको जिल्ला हो।

Classic Tech Desktop

मतदाता संख्या हेर्नोस्:

प्रतिकृया