ट्रम्पले भारतमा लगाएको भन्सार दर १८ %मा झारे
प्रकाशित मिति
२०८२ माघ २० गते, मंगलवार ११:५४
२० माघ,२०८२ काठमाडौं – अमेरिकाले भारतमाथि लगाउँदै आएको शुल्क घटाएर १८ प्रतिशत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिका–भारतबीच व्यापार सम्झौतामा सहमति बनेको र रेसिप्रोकल ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको बताएका छन्। उनले दुई देशबीच व्यापार, रूस–युक्रेन युद्ध र ऊर्जा खरिदसम्बन्धी छलफल भएको पनि बताएका छन्। ट्रम्पका अनुसार भारतले रूसबाट तेल खरिद कम गरी अमेरिका र सम्भवतः भेनेजुएलाबाट बढी तेल खरिद गर्ने सहमति जनाएको छ।

प्रधानमन्त्री मोदीले ‘मेड इन इन्डिया’ उत्पादनमा शुल्क घटाइएकोमा खुशी व्यक्त गर्दै भारतका १.४ अर्ब जनताको तर्फबाट धन्यवाद दिएका छन्। उनले दुई ठूला लोकतन्त्र मिलेर काम गर्दा दुवै देशका जनतालाई फाइदा पुग्ने बताएका छन्।

यसअघि अमेरिकाले भारतमा २५ प्रतिशत शुल्क लगाउनुका साथै रूसबाट तेल खरिद गरेबापत थप २५ प्रतिशत शुल्क लगाएको थियो, जसले कुल शुल्क ५० प्रतिशत पुगेको थियो।




प्रतिकृया