• १ असोज २०८३, बिहीबार
  • १२ः४६ दिउँसो

६ महिनामै ४ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो

प्रकाशित मिति

२०८२ माघ ८ गते, बिहीबार ०३:३७

८ माघ,२०८२ काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जान चार लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउन १ गतेदेखि पुस मसान्तसम्म कुल ४ लाख २ हजार ७४ जनाले श्रम स्वीकृति प्राप्त गरेका हुन्।

National Life

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या ३ लाख ९३ हजार ६७ रहेको थियो। यस आधारमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ९ हजार ७ जनाले वृद्धि भएको छ, जुन २.२९ प्रतिशतले बढी हो।

विभागका अनुसार पुस महिनामा मात्र ५५ हजार ५४१ पुरुष र ७ हजार १८ महिला गरी कुल ६२ हजार ५५९ जनाले १०५ देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

महिनागत विवरणअनुसार साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन्।

पुस महिनामा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कुवेत, रोमानिया, जापान, ओमान, बहराइन र क्रोएसिया वैदेशिक रोजगारीका प्रमुख गन्तव्य बनेका छन्।

विभागका अनुसार पुसमा साउदी अरेबिया जान १३ हजार ३२९, कतार जान १२ हजार ४६, यूएई जान ९ हजार ५१७, मलेसिया जान ८ हजार ५३२, कुवेत जान ४ हजार ३३१, रोमानिया जान २ हजार १२३, जापान जान १ हजार ६०२, ओमान जान १ हजार ५१६, बहराइन जान १ हजार ७६ र क्रोएसिया जान ९०९ जनाले श्रम स्वीकृति लिएका छन्।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिएका थिए।

प्रतिकृया