• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

चितवन–३ मा रेणु, सोबिता र विक्रमबीच रोचक प्रतिस्पर्धा

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०९:३६

४ माघ,२०८२ काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ मा त्रिपक्षीय रोचक प्रतिस्पर्धा हुने भएको छ।
यस क्षेत्रबाट नेकपाबाट रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विक्रम पाण्डे उम्मेदवार बन्ने भएका छन्।

National Life

रास्वपाले सोबिता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी अघिल्लो निर्वाचनमा काठमाडौँ–२ बाट निर्वाचित भएकी थिइन्। नेकपाबाट भरतपुर महानगरकी पूर्वप्रमुख रेणु दाहालले राजीनामा दिएर चुनावी मैदानमा उत्रिने तयारी गरेकी छन्।

गत निर्वाचनमा चितवन–३ बाट राप्रपाका विक्रम पाण्डे ९ हजार २३६ मत अन्तरले विजयी भएका थिए। काँग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंग्याएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया