• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

गगन थापा समूहलाई आधिकारिकता दिने निर्णयविरुद्ध देउवा समूह सर्वोच्च जाने

प्रकाशित मिति

२०८२ माघ ४ गते, आईतवार ०९:१७

४ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै सर्वोच्चमा रिट दर्ता गर्ने तयारी गरिएको छ।

National Life

शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो। कानुनी पक्षको जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ।

यसअघि गगन थापा–विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्दै गगन थापालाई सभापति घोषणा गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया