• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च जाने

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ०५:५९

३ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सही नभएको ठहर गर्दै न्यायका लागि सर्वोच्च जाने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

National Life

उनका अनुसार आयोगको निर्णय दूषित मनसायले प्रेरित भई कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने उद्देश्यले गरिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास देउवा पक्षले व्यक्त गरेको छ। देउवा समूहले भोलि नै सर्वोच्च अदालत जाने तयारी भइरहेको पनि जनाएको छ।

प्रतिकृया