• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

नेपाल दूरसञ्चार कम्पनीको १८ औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

प्रकाशित मिति

२०८२ माघ ३ गते, शनिबार ०५:४७

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनीको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा सभा सम्पन्न भएको हो ।

National Life

सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । साधारण सभामा करिब ९१.५६ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदाझैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताए ।

प्रतिकृया