• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

२३ वर्षपछि फेरि चिरियो नेपाली कांग्रेस, इतिहास दोहोरिँदा पार्टी संकटमा

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०७:५७

३० पुस,२०८२ काठमाडौं – २३ वर्षपछि नेपाली कांग्रेसमा फेरि इतिहास दोहोरिँदै पार्टी विभाजन भएको छ। २०५९ सालमा शेरबहादुर देउवाको निष्कासन र विशेष महाधिवेशनमार्फत कांग्रेस फुटेको जस्तै, २०८२ साल पुसमा भृकुटीमण्डपमा उस्तै कटुता र आरोप–प्रत्यारोपबीच कांग्रेस पुनः चिरिएको हो।

National Life

२०५९ मा ‘अन्याय’को आरोप खेपेका देउवा यसपटक संस्थापन पक्षको नेतृत्वमा रहेर विवादको केन्द्र बनेका छन्। नियमित महाधिवेशन हुन नदिएको आरोप लगाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटो रोजेपछि टकराव चर्कियो।

पुरानो पुस्ताको दम्भ र सत्ता जोगाउने प्रवृत्ति तथा नयाँ पुस्ताको वैधानिक नेतृत्व मागबीचको द्वन्द्वले कांग्रेसलाई विभाजनतर्फ धकेलेको विश्लेषण गरिएको छ। इतिहासबाट पाठ नसिक्दा कांग्रेस फेरि संकटमा फसेको टिप्पणी राजनीतिक वृत्तमा छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया