• २० असोज २०८३, मंगलबार
  • १२ः२८ राती

विश्वप्रकाश शर्माले देउवाको कारबाहीपछि यस्तो भने

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०५:४५

३० पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले देशमा सुधार र पार्टीभित्र सुधारको प्रयास गर्दा आफू पहिलोपटक कारबाहीमा परेको बताएका छन्। भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलमा संबोधन गर्दै उनले भने, “देशमा सुधार गरौँ, कांग्रेसमा सुधार गरौँ भन्दा कारबाही हुँदो रहेछ। बदलिएको समयअनुसार बदलिएर जाऔँ भन्दा पनि कारबाही हुने रहेछ।”

National Life

यसअघि बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

तर, विशेष महाधिवेशनले कांग्रेस केन्द्रीय समितिको उक्त निर्णयलाई खारेज गरिएको घोषणा गर्दै पार्टीको विधिसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया