• २० असोज २०८३, मंगलबार
  • १२ः२७ राती

कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारका लागि फाराम वितरण, चार जनाले लिए

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०५:३६

२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन समितिले उम्मेदवारका लागि मनोनयन फाराम वितरण गरिरहेको छ । निर्वाचन कार्यतालिकाअनुसार आज साँझ साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

National Life

निर्वाचन समितिका अनुसार हालसम्म सभापति पदका लागि उम्मेदवारी दिने भन्दै चार जनाले फाराम लगेका छन् । यद्यपि, फाराम लैजानेको नाम र विवरण भने टिपोट गरिएको छैन । निर्वाचन समितिले मनोनयन दर्ताको समयमा मात्रै सबै विवरण लिखित रूपमा राखिने जनाएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ । उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, कांग्रेसभित्रको विवाद समाधानका लागि विशेष महाधिवेशन पक्ष र संस्थापन समूहबीच छलफल पनि जारी छ । छलफलको निष्कर्षअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने र विशेष पक्षको गतिविधि हेरेर रणनीति तय गर्ने संस्थापन समूहको तयारी रहेको बताइएको छ ।

यसैबीच, संस्थापन समूहले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरी नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिकृया