कांग्रेसका तीनै पक्ष फेरि जुटे छलफलमा
प्रकाशित मिति
२०८२ पुष २९ गते, मंगलवार ०४:०२
२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधान गर्न तीनै पक्षका नेताबीच वार्ता सुरु भएको छ । विशेष महाधिवेशनसँग जोडिएको विवाद मिलाउने उद्देश्यले संस्थापन पक्ष, विशेष महाधिवेशन पक्षधर र डा. शेखर कोइराला समूहका नेताहरू छलफलमा जुटेका हुन् ।
वार्तामा संस्थापन पक्षबाट बालकृष्ण खाँड र रमेश लेखक सहभागी छन् । बिहानको छलफलमा विशेष पक्षले राखेका मागबारे सभापति शेरबहादुर देउवासँग संवाद गरेपछि उनीहरू पुनः वार्तामा सहभागी भएका हुन् ।
विशेष महाधिवेशन पक्षबाट गुरु घिमिरे, प्रदीप पौडेल, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । यस्तै, शेखर कोइराला समूहबाट मीनेन्द्र रिजाल र जीवन परियारले वार्तामा प्रतिनिधित्व गरिरहेका छन् ।
मंगलबार बिहानको छलफलमा विशेष पक्षले विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने, आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्नुपर्ने तथा उम्मेदवारीको टिकटमा सभापति शेरबहादुर देउवाको सट्टा पूर्णबहादुर खड्काको हस्ताक्षर हुनुपर्ने लगायतका माग राखेका थिए । तर संस्थापन पक्षले कार्यसम्पादन समितिबाट दुईपटक औचित्यहीन ठहर गरिएका निर्णय उल्ट्याउन नसकिने अडान लिँदै आएको छ ।








प्रतिकृया