• २० असोज २०८३, मंगलबार
  • १ः४० राती

कांग्रेस विशेष केन्द्रीय महाधिवेशनमा उम्मेदवारको मनोनयन शुल्क तोकियो

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०३:०४

२९ पुस,२०८२ काठमाडौं – नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार विभिन्न पदका उम्मेदवारले फरक–फरक शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

National Life

निर्धारण अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ । यस्तै, उपसभापति र महामन्त्री पदका उम्मेदवारले २५ हजार रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्नेछ ।

सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया