• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

नेकपाका प्रचण्ड र माधव नेपालले लिए शपथ

प्रकाशित मिति

२०८२ पुष २९ गते, मंगलवार ०२:१५

२९ पुस,२०८२ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका छन् । उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

National Life

शपथअनुसार पार्टी एकता जोगाउने, स्वच्छ एवं नैतिक आचरण अपनाउने र प्रतिक्रियावादी शक्ति, गलत बिचार तथा व्यवहारको विरुद्ध दृढतापूर्वक जुद्धिरहने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेकपा हालसम्मको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू एकिकृत भएर बनेको हो । नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिइरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

शपथपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र हस्तान्तरण गरेका छन् । अब उनीहरूले अन्य २४९९ केन्द्रीय सदस्यलाई पनि शपथ गराउने तयारी गरेका छन् ।

प्रतिकृया