• २० असोज २०८३, मंगलबार
  • १ः०९ राती

काठमाडौं उपत्यकामा ट्राफिक सप्ताह सुरु

प्रकाशित मिति

२०८२ पुष २५ गते, शुक्रबार १२:२२

२५ पुस,२०८२ काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले शुक्रबारदेखि एक हप्तासम्म सञ्चालन हुने ट्राफिक सप्ताह–२०८२ सुरु गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले ट्राफिक सप्ताहले बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।

National Life

एसएसपी अधिकारीका अनुसार, दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ ट्राफिक सम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गरिनेछ। ट्राफिक सप्ताहको सुरुवात रक्तदान कार्यक्रमबाट गरिएको छ।

उपत्यकामा यस अभियानअन्तर्गत ट्राफिक सम्बन्धी रिङटोन, सूचना बोर्ड, दुर्घटना सम्बन्धी वृत्तचित्र प्रदर्शन, राइड सेयर एप चालक प्रशिक्षण, साथै भाडा र सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा जडान गर्ने तयारी समेत गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया