• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

भेनेजुएलाको बढ्दो तनावप्रति नेपालद्वारा चासो व्यक्त

प्रकाशित मिति

२०८२ पुष २४ गते, बिहीबार ०३:००

२४ पुस,२०८२ काठमाडौं – नेपालले भेनेजुएलामा बढ्दो तनावप्रति चासो व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालै देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जानकारी दिएको छ ।

National Life

मन्त्रालयले सबै पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव बढाउने गतिविधिबाट बच्न आग्रह गरेको छ । साथै नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान गर्ने राष्ट्र भएको उल्लेख गरिएको छ ।

नेपालले विवाद समाधानका लागि संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण उपाय अपनाउनुपर्नेमा जोड दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया