• २८ भदौ २०८३, आइतबार
  • ११ः३७ बिहान

पाँच लाख घुससहित ओभरसियर पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन १५ गते, बुधबार ११:१८

काठमाडौं, पाँच लाख रुपैयाँ घुससहित ओभरसियर पक्राउ परेका छन् । काठमाडौंको टोखाबाट मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेमा लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी रहेका छन् । चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण–पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिकृया