• २० असोज २०८३, मंगलबार
  • १ः४३ राती

नेकपा एमालेले राष्ट्रिय सभाको ७ सिटमा दाबी, कांग्रेससँग गठबन्धनमा अघि बढ्ने

प्रकाशित मिति

२०८२ पुष २२ गते, मंगलवार ०२:०४

२२ पुस,२०८२ काठमाडौं – नेकपा एमालेले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा ७ वटा सिटमा आफ्नो दाबी गरेको छ। पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले हरेक प्रदेशमा १/१ जना रहने गरी सिटमा दाबी रहेको जानकारी गराएका छन्।

National Life

भट्टका अनुसार, उम्मेदवार टुंगो लगाउने काम अझै बाँकी छ। यस सम्बन्धमा कांग्रेस सभापति शेरबहादुर देउवासँग थप छलफल गरी अन्तिम निर्णय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

एमाले र कांग्रेसको गठबन्धनमा सँगै राष्ट्रिय सभामा जाने सहमति भइसकेको छ। भट्टले भने, “कसले कुन प्रदेशको सिट पाउने भन्ने कुरा अझै टुंगो लागेको छैन, तर बाँडफाँडको आधार तयार छ। बाँकी नामको निर्णय कांग्रेस सभापतिसँग छलफल गरेर अध्यक्षले गर्नेछन्।”

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया