• २० असोज २०८३, मंगलबार
  • २ः१६ राती

सुरेन्द्र कुमार उप्रेती नाडा अध्यक्षमा निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार ०३:५२

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएशन (नाडा)को अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । वर्तमान कार्यसमितिमा महासचिव रहेका उप्रेती आगामी कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।

National Life

नाडाको नयाँ नेतृत्व चयनका लागि २५ गते निर्वाचन तय गरिएको थियो। तर, उम्मेदवारी दिने अन्तिम समय आज बिहीबार मध्याह्न १२ बजेसम्म उप्रेतीबाहेक अरू कसैले उम्मेदवारी नदिँदा उनी निर्विरोध निर्वाचित भएका हुन्। उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक पनि हुन्।

नाडाको ४९औँ वार्षिक साधारण सभा भने ९ गते नै सम्पन्न भइसकेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया