• १९ असोज २०८३, सोमबार
  • ८ः३५ राती

सुनसरीमा प्रहरी गोली प्रहारपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार १२:१२

सुनसरी । सशस्त्र प्रहरीले गोली चलाउँदा विजय साहको मृत्यु भएपछि स्थानीयले आक्रोश व्यक्त गर्दै पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरेका छन्।

National Life

घटना बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो। साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लिएर आउँदै थिए र उनलाई दुई राउण्ड गोली लागेर मृत्यु भएको थियो।

स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरिरहेका छन्। मोटरसाइकल बाहेक ठूला सवारी साधन रोकिएका छन्। प्रहरीले वार्ता गर्दा सहमति नभएको र स्थानीयले दोषीको तत्काल कारवाही माग गर्दै प्रदर्शन जारी राखेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया