• २० असोज २०८३, मंगलबार
  • २ः१६ राती

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एकको मृत्यु

प्रकाशित मिति

२०८२ पुष १७ गते, बिहीबार १२:०६

सुनसरी । कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ।

National Life

घटना बुधबार राति करिब १:१० बजे पुरी टोलमा भएको हो। साह आफ्नै सिटी सफारीमा भारतबाट ८–१० बोरा चिनी ल्याइरहेका थिए। प्रहरी र साहबीच मालसामान ओसारपसारलाई लिएर विवाद भएको क्रममा गोली प्रहार भएको प्रारम्भिक जानकारी छ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेका अनुसार, चोरीको सामान रहेको सवारी रोक्ने क्रममा जवाफी फायरिङ गर्दा एक जनाको मृत्यु भएको हो। घटनास्थलमा स्थानीय प्रदर्शन गर्दै छन् भने प्रहरीले कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया