• २० असोज २०८३, मंगलबार
  • २ः१७ राती

गगन थापाले पुसभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटो अघि बढाए

प्रकाशित मिति

२०८२ पुष १६ गते, बुधबार १२:५४

१६ पुस,२०८२ काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाएको जानकारी दिएका छन्। मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै उनले राष्ट्रप्रति दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आजको प्रत्येक कार्यकर्ताको जिम्मेवारी भएको बताए।

National Life

थापाले भने, “राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो। यसै जिम्मेवारी निर्वाह गर्दै हामी पुस मसान्त भित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।”

प्रतिकृया